
पछिल्लो समय चर्चामा रहेका नायक हुन्, कार्तिक आर्यन । उनको पछिल्लो चलचित्र लभ आजकल असफल भएपनि उनको चर्चामा कमी आएको छैन् । उनी निरन्तर चलचित्रमा काम गरिरेहका छन् ।
कार्तिक अवार्ड समारोहदेखि विभिन्न कार्यक्रमहरुमा पुगिरहेका हुन्छन् । यस्तैमा बुधबार उनी आइफाको पत्रकार सम्मेलनमा पुग्ने तय भएको थियो ।
सोही कार्यक्रममा नायिका कट्रिना कैफ पनि उपस्थित थिइन् । कार्यक्रमको निर्धारित समय भन्दा कार्तिक केही समय ढिला भए ।
कार्तिक पुग्नसाथ उनलाई स्टेजमा बोलाइयो । कार्तिक स्टेज चड्नुअघि नै कट्रिना स्टेज पुगिसकेकी थिइन् । स्टेज पुग्नसाथ कार्तिकले झुकेर कट्रिनाको पाउ छोए र आफू ढिला भएको भन्दै माफी मागे । आफू ढिला भएको भन्दै उनले उठ-बस पनि गर्न भ्याए ।
आफूले गल्ती गरेको भन्दै उनले भने, ‘पहिला रणवीर सिंहले सबैको पाउ छोएर माफी माग्नुहुन्थ्यो । आज म ढिला भएको छु । त्यसैले माफी चाहान्छु ।’
अहिले कार्तिकले कट्रिनाको पाउ छोएको तस्विर र भिडियो निकै भाइरल भइरहेको छ ।
प्रतिक्रिया 4