+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

एनआईसी एशिया बैंकले ल्यायो महिलालाई विशेष योजना

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २३ गते २०:२९

२३ फागुन, काठमाडौं । । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकलाई विशेष योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत नारी दिवसका दिन अर्थात फागुन २५ गते यस बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १ सय जना महिलाहरूले सय प्रतिशत वा रू. १० हजारसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन्।

यस बैंकका महिला ग्राहक महानुभावहरूले एमओ–बैंक एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा क्युआर पेमेन्ट लगायतका भुक्तानीहरूमा यो योजना लागू कम्पनीले बताएको छ।

तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन। यस योजनाले आमहिला ग्राहकलाई सम्मान गर्नुका साथै उनीहरूमा डिजिटल बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?