+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

कतारको लागि श्रम स्वीकृति बन्द, करिब ३ हजार कामदार रोकिए

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २७ गते १२:५१

२७ फागुन, काठमाडौं । सरकारले कतारको लागि श्रम स्वीकृति बन्द गरेको छ । कतारले नै नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएपछि सरकारले पनि श्रम स्वीकृति दिन बन्द गरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार कतारको निर्णय अनुरुप कामदारलाई श्रम स्वीकृति दिन बन्द गरिएको हो ।

फागुन १६ देखि फागुन २६ गतेसम्म विभागबाट कतार जानका लागि ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।

त्यसअनुसार करिब ३ हजार नेपाली कामदार अन्तिम श्रम स्वीकृतिपछि पनि कतार जान रोकिएको अनुमान छ ।

गत ५८ दिनमा विभागले १ लाख १७ हजार ६३३ जनालाई विदशे जान अनुमति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?