+
+

काव्यारोहणमा मनप्रसाद सुब्बाका कविता

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २८ गते १५:३२

२८ फागुन, काठमाडौं । विराटनगरको आरोहण गुरुकुलमा प्रत्येक महिना हुने ‘काव्यारोहण’ को चैत महिनाको श्रृङ्खलामा कवि मनप्रसाद सुब्बाले कविता वाचन गर्ने भएका छन् ।

भारत सिलगुढीका सुब्बा पाँच दशकदेखि कविता लेखनमा सक्रिय छन् । भारतमा बसेर पनि नेपाली साहित्यमा अनवरत सिर्जनारत सुब्बाले भारतीय अकादमी पुरस्कार पाएका छन् । उनका आधा दर्जन कविता संग्रह प्रकाशित छन् ।

‘काव्यारोहण’ प्रत्येक महिना एकजना कविको एकल कविता वाचन गर्ने कार्यक्रम हो । विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा हुने कार्यक्रम चैत १ गते हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?