Comments Add Comment

बुटवलको फूलबारीमा मुनामदन राष्ट्रिय कार्यशाला हुने

४ चैत, बुटवल । बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी)मा माूर्तिकला कार्यशाला र पार्क सम्मेलन हुने भएको छ । पार्कलाई सौन्दर्यकरण र पर्यटकको आकर्षण बढाउन मूर्तिकला कार्यशाला र पार्क सम्मेलन हुने भएको हो ।

आन्तरिक तथा बाह्य पर्यटनको प्रमुख गन्तव्य बनेको फूलबारीले यही चैत १४ गतेदेखि ३० गतेसम्म मुनामदन राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको हो । त्यस्तै चैत २९ गते प्रदेश नम्बर पाँच स्तरीय पार्क सम्मेलन गर्न लागिएको हो ।

पार्क सम्मेलनमा देशभरका पर्यटकीय पार्कहरूको विकास र पवर्द्धन गर्न दुई सम्मेलन राखिएको मणिमुकुन्द सेन उद्यान (फुलबारी)का अध्यक्ष खेमप्रसाद लुइटेलले जानकारी दिए ।

मूर्तिकला कार्याशालामा राष्ट्रिय स्तरका करिब २० जना दक्ष कलाकारहरुले १७ दिनसम्म मुनामदन बाटिकामा प्रेम प्रतिक झल्किने आकृतिका विविध मुर्तिहरु कुद्नेछन् ।

पार्क सम्मेलनमा ५ नम्बर प्रदेश स्तरका सम्बन्धित करिब १ सय ५० जना प्रतिनिधिहरुको सहभागिता रहने छ ।

सम्मेलनमा पार्क, पर्यटन र आर्थिक संमृद्वि विषयमा कार्यपत्र, सरकारी नीति तथा योजनामा पार्क र आगामी योजना विषयमा कार्यपत्र, प्रदेश स्तरीय पार्क समन्वय समितिको गठन र पार्कको विकाससँग सम्बन्धित रहेर बुटवल घोषणपत्र जारी गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment