+
+

भीरबाट लडेर अछाममा जनप्रतिनिधिको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ५ गते ९:५१
Photo Credit : प्रतीकात्मक तस्वीर

५ चैत, धनगढी । भीरबाट लडेर अछाममा एकजना जनप्रतिनिधिको ज्यान गएको छ ।

रामारोशन गाउँपालिका–६, का वडासदस्य मानसिंह साउदको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, अछामले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी नायव उपरीक्षक दीपक भारतीले भीरबाट लडेर ज्यान गुमाएको र बुधबार बिहान शव भेटिएको बताए ।

‘प्रारम्भिक अनुसन्धानले भीरबाट लडेर ज्यान गएको पाइएको छ,’ उनले भने, ‘थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुग्दै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?