+
+

उपत्यकामा छड्के अनुगमन गर्दै उद्योगमन्त्री भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ५ गते १२:४८

५ चैत्र, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट छड्के अनुगमनमा निस्किएका छन् । बुधबार बिहान सुरक्षकर्मी नलिई निजी गाडीमा निस्किएका उनले ग्यास उद्योग, पेट्रोल पम्प तथा तरकारी बजारको अनुगमन गरेका छन् ।

उनले एकान्तकुना, महालक्ष्मीस्थान, कलंकी, नागढुंगा, कालीमाटी हुँदै त्रिपुरेश्वरसम्म पुगेका छन् । कलंकीको एउटा ग्यास उद्योग, जाउलाखेल त्रिपुरेश्वरसम्म करिब २० भन्दा बढी पट्रोल पम्प तथा कालीमाटी तरकारी बजारमा अनुगमन गरेका छन् ।

मन्त्रालयमा हाजिर हुन निर्देशन

अनुगमनका क्रममा अधिकांश पेट्रोल पम्पहरुले प्लास्टिकको जर्किन तथा ठूला ड्रममा समेत तेल भरेको भेटिएको छ । व्यवसायीहरुले पनि उपभोक्ताले भण्डारण गर्न खोज्दा बजारमा इन्धनको अभाव देखिएको बताएका छन् ।

सरकारी कार्यालयको प्रयोजनका लागि भन्दै इन्धन भण्डारण गर्न किन्न आएको पनि भेटिएपछि मन्त्री भट्टले त्यसरी तेल किन्न आउनेहरुको विवरण लिएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको अनुगमन टोलीमा रहेका एक सदस्यले बताए । केही पम्प सञ्चालकलाई भने सम्झाएर छाडिएको छ ।

यस्तै कालीमाटी तरकारी बजारको अवस्था भने सामान्य पाइएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?