+
+

क्वारेन्टाइनका लागि संरचना दिन एन्फा तयार

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १३:३५

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीले गर्दा अहिले विश्व नै प्रभावित छ । खेलकुद क्षेत्र पनि यसबाट टाढा छैन । नेपाल लगायत विश्वभरका खेलकुद गतिविधि नै अहिले ठप्प छ ।

नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघले पनि कोरोनाकै कारण सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिसकेको छ । एन्फाले आफ्नो सम्पूर्ण कार्यलय पनि बन्द गरेको छ ।

तर कोरोनाको त्रास बढिरहेको बेला एन्फाले आफ्नो मातहतमा रहेको भौतिक संरचना सेल्फ क्वारेन्टाइनर आइसोलेसन बनाउन आवश्यक परेमा प्रयोग गर्न दिने बताएको छ ।

आइतबार विज्ञप्ती जारी गर्दै एन्फाले ललितपुरको एन्फा कम्प्लेक्स होस्टल, बुटवल र धरानको फुटबल एकेडेमी र रौतहटको महिला फुटबल एकेडेमी आवश्यक परेमा नेपाल सरकार प्रदेश सरकार स्थानीय सरकारलाई सेल्फ क्वारेन्टाइन बनाउन उपलब्ध गराउन सक्ने जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?