+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वीरगञ्ज–रक्सौल नाकामा अलपत्र ७ सयलाई आउजाउको अनुमति

सुरेश बिडारी सुरेश बिडारी
२०७६ चैत १० गते १९:४१

१० चैत, वीरगञ्ज । सोमबार बिहानैदेखि आवत-जावत बन्द गरिएको वीरगञ्ज–रक्सौल नाकामा अलपत्र नेपाली र भारतीयलाई गन्तव्यमा जान दिइने भएको छ ।

सरकारले आइतबार साँझ चीन र भारत तर्फका सबै नाका बन्द गर्ने निर्णय गरेपछि वीरगञ्ज– रक्सौल नाका पनि बन्द गरिएको हो ।

बिहान १० बजेपछि सुरक्षाकर्मीले नेपालबाट भारततर्फ जाने मानिसलाई भन्सार कार्यालय र शंकराचार्य गेट नजिकै गरी दुई ठाउँमा रोकेको थियो भने मितेरी पुल छेउमा भारततर्फबाट आएका सर्वसाधरणलाई रोकिएको थियो । भारततर्फ जाने ४ सय जनालाई साँझ जान दिइएको छ भने नेपालतर्फ आउन चाहाने ३ सय जनालाई आवश्यक प्रक्रिया पछि मात्रै आउन दिने तयारी प्रशासनको छ ।

जरुरी काम रहेको भन्दै सर्वसाधरणले आउ जाउ गर्न पाउनुपर्ने अडान राखेपछि बिहान नाका बन्द गर्न सुरक्षा निकायलाई हम्मे हम्मे परेको थियो । बिहान साढे ११ बजेसम्म वीरगञ्ज नाका हुँदै ७ सय भन्दा बढी मानिस आइसकेका थिए । नाका बन्द गर्नु अघि नेपाल आउनेको लामो लाइन देख्न सकिन्थ्यो ।

उनीहरुको विवरण संकलन गरेर थर्मल गनबाट तापक्रम नाप्ने लगायत कोरोना भाइरसको संक्रमणका लक्षणका बारेमा जानकारी लिएर मात्रै छाडिएको थियो । साँझसम्म वीरगञ्ज नाका हुँदै ७ सय ८३ जना नेपाल प्रवेश गरेका छन् । उनीहरुको स्वास्थ्य परीक्षण र विवरण लिएर मात्रै नेपाल आउन दिइएको छ ।

नाकाबन्दी अघि आवत-जावत गर्न दिइएको भएपनि त्यसपछि पूर्ण रुपमा आवागमन रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

‘भारत तर्फ जान कुनै अवरोध छैन, अलपत्र परेका ४ सय जनालाई जान दिइसकेका छौं । ’ सहायक प्रजिअ बस्नेतले भने ‘नेपाल आउने ३ सय जना जति छन् । उनीहरुलाई लाइन बसाएर स्वास्थ्य जाँच गराउँदैछौं । कोरोना भाइरससँग सम्बन्धित शंकास्पद लक्षण देखिएको अवस्थामा क्वारेन्टाइनमा राख्ने, सामान्य देखिएको खण्डमा कहाँबाट आएको, कहाँ जाने लगायतका विवरण लिएर घर जान दिन्छौं ।’ उनीहरुको विवरण सम्बन्धित पालिकामा समेत पठाउने उनको भनाइ छ ।

सर्वसाधरणको आवागमन रोकिएको भएपनि नाका हुँदै मालबहाक सवारी साधन निर्वाध रुपमा ओहोरदोहोर गरिरहेका छन् । अत्यावश्यकीय पेट्रोलियम पदार्थ बोकेका सवारी साधन लगायत १ सय ७३ वटा मालबहाक सवारी साधन नेपाल भित्रिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?