+
+

कोरोना रोकथाम कोषमा कांग्रेसले दियो ५० लाख

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते १६:१५

११ चैत, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापित सरकारी कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर पार्टीका तर्फबाट ५० लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै, कांग्रेस संसदीय दलको बैठकले पार्टीका संघीय सांसदहरुले १५ दिनको तलब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

सत्तारुढ नेकपाका सांसदहरुले पनि कोरोना राहत कोषमा जम्मा हुने गरी १५ दिनको तलब दिने निर्णय गरिहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?