+
+

गाउँमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते २०:३९

१२ चैत, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका १ को खद्रापुलमा ढाँट लगाएर गाउँलाई लकडाउन गरिएको छ ।

लालीगुरास टोलसुधार समुहले बुधबार विराटनगरको पूष्पलाल चोक हुँदै टंकीसिनुवारी निस्क्निे भित्री सडकमा बाँस तेर्स्याएर टोल प्रवेशमा रोक लगाएका हुन् ।

टोलसुधार समितिले अपरिचित व्यक्तिलाई टोलमा प्रवेश निषेध लेखिएको बोर्ड टाँसेका छन् । पुलमा ढाँट लगाएर बाहिरका मानिसलाई आवतजावतमा रोक लगाइएको छ ।

टोल समितिको व्यानरमा कोरोनाबाट आफुलाई पनि बचाउन र अरुलाई पनि बचाउन आग्रह गरिएको छ ।

प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको निवास टोल लकडाउन गरिएको स्थानबाट करिव दुईसय मिटरको दुरीमा छछ । त्यसैगरी सामाजिक विकास मन्त्री जीवन घिमिरेको निवासबाट करिव पाँच सयको दुरीमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?