+
+

चिकित्सकलाई प्रधानमन्त्रीको आग्रह : चिन्तित नहुनुस्, सुरक्षा सामग्री आउँछ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते १७:२७

१३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरुको व्यक्तिगत सुरक्षाका थप सामाग्री छिटै उपलब्ध हुने भन्दै धैर्य गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गरेका प्रधानमन्त्रीले हाल मौज्दात सामाग्रीको अधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन् ‘तपाईहरुकै सिफारिसका थप सामाग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौं । कोभिड १९ मानवीय संकटको एकजुट भएर सामना गरौं । सरकार तपाईहरुसँगै छ, चिन्तित नहोऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?