+
+

कोरोना कोषमा अर्थमन्त्रालय मातहतका निकायले गरे २१ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते १२:११

२१ चैत, काठमाडौं । अर्थमन्त्रालय मातहतका विभिन्न निकायले सरकारले घोषणा गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा करिब २१ करोड रुपैयाँ सहयोग गरेका छन् ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार बिहीबारसम्म अर्थ मन्त्रालय मातहतका निकायबाट २० करोड ९७ लाख रुपैयाँ जम्मा भएको हो । यसबाहेक विभिन्न २० वटा बैंकबाट २२ करोड रुपैयाँ जम्मा भएको अर्थ मन्त्रालयको भनाइ छ ।

कोरोना कोषमा नेपाल धितोपत्र बोर्डले ३ करोड रुपैयाँ सहयोग गरेको छ । कर्जा तथा निक्षेप सुरक्षण कोषबाट ३ करोड रुपैयाँ प्राप्त भएको छ । नेपाल स्टक एक्सचेन्जले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । सिडीएस कम्पनीबाट ३५ लाख रुपैयाँ प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २ करोड रुपैयाँ सहयोग गरेको छ ।

राष्ट्रिय बीमा संस्थानबाट १ करोड रुपैयाँ प्राप्त भएको छ । नेपाल पुनर्बीमा कम्पनीबाट १ करोड ११ लाख रुपैयाँ प्राप्त भएको छ । नागरिक लगानी कोषले २ करोड रुपैयाँ सहयोग गरेको छ । कर्मचारी संचय कोषबाट ५ करोड रुपैयाँ प्राप्त भएको छ । विभिन्न २० बैंकबाट २२ करोड रुपैयाँ योगदान भएको अर्थमन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?