२१ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा २ जना नर्सको मृत्यु भएको छ । बितेको पछिल्लो २४ घण्टामा एमीओ राउरके र एरेमा नसरिनको कोरोनाका कारण मृत्यु भएको बीबीसीले जनाएको छ ।
ज्यान गुमाउनेमध्ये एक ३९ र अर्की ३६ वर्षको रहेको बताइएको छ । एकको क्यूईक्यूएम र अर्कोको वेस्ट मिडल्यान्डमा उपचारका क्रममा मृत्यु भएको हो ।
बेलायतका चिफ नर्स अफिसर रुथ मेले दुई नर्सको मृत्यु भएको पुष्टि गर्दै घरमै बसेर उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न सर्वसाधारणलाई आह्वान गरेको बीबीसीको समाचारमा उल्लेख छ ।
विश्वका अन्य देशजस्तै बेलायत पनि कोरोनासँग जुधिरहेको छ । यहाँ हालसम्म ३ हजार ६ सय ५ जना मानिसको ज्यान गइसकेको छ ।