
२२ चैत, धनगढी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमित कैलालीकी एक महिलालाई लक्षण नदेखिएको भन्दै क्वारेन्टाइनबाट घर फर्काएको पाइएको छ ।
स्थानीय संक्रमण देखिएकी ३४ वर्षीया महिला, चौथो संक्रमितका आफन्त हुन् । दुबईबाट नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको रिपोर्ट १४ चैतमा आएको थियो ।
त्यसको भोलिपल्ट परिवारका सबै सदस्यलाई १५ गते धनगढी रंगशालामा बनाइएको क्वारेन्टाइनमा ल्याइएको थियो । तर, कोरोनाको कुनै लक्षण नदेखिएको भनेर दुई दिनपछि घर पठाइएको पाइएको छ । ‘१५ र १६ गते क्वारेन्टाइनमा बसेर घर फर्किनु भएको हो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले भने ।
सेती प्रादेशिक अस्पतालका प्रवक्ता जगदीश जोशीकाअनुसार त्यसबेला संक्रमित युवकको परिवारका सबै सदस्यको नमुना संकलन गरिएको थियो । ३४ वर्षीया महिलाबाहेक अरुको रिपोर्ट आउन बाँकी रहेको प्रवक्ता डा. जोशीले बताए ।
प्रतिक्रिया 4