+
+

क्वारेन्टाइनमा रमाइरहेका विवाहित जोडी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २२ गते १७:५७

२२ चैत, काठमाडौं । कोरोनाको त्रासका कारण अहिले भारतमा पनि लकडाउन छ । बलिउडकर्मीहरु अहिले होम क्वारेन्टाइनमा बसिरहेका छन्।

क्वारेन्टाइनको समयमा कोही स्केचमा व्यस्त छन् त कोही कविता लेखिरहेका छन् । क्वारेन्टाइनमा कलाकारहरु आफ्‍नो रुचि र शोख पूरा गरिरहेका छन् ।

विवाहित जोडीले भने एक-अर्कालाई पर्याप्त समय दिन पाएका छन् । नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहली अहिले ‘क्वालिटी समय बिताउन पाएको’ बताउँछन् ।

अनुष्काले भनेकी छिन्, ‘क्वारेन्टाइनमा बस्नाले हामीलाई अनेक तरिकाको प्रेम गर्ने अवसर दिएको छ ।’

एक-अर्कालाई राम्रो समय दिन नपाएका उनीहरु लामो समयको लागि एकसाथ हुँदा निकै खुशी छन् ।

सामाजिक सञ्जालमा उनीहरुले हाल्ने तस्वीर तथा भिडियोहरुले पनि उनीहरुको प्रेम झल्काउँछ। उनीहरु गाउने, नाच्ने, पकाउने र खाने कुरामा नै व्यस्त छन् ।

त्यस्तै, अर्को रोमान्टिक जोडी रणवीर सिंह र दीपिका पादुकोण पनि क्वारेन्टाइन खुबै रमाइलो गरिरहेको बताउँछन् ।

रणवीर र दीपिकाले पनि आफ्नो हरेक दिनको क्रियाकलापहरु सामाजिक सञ्जालमा सेयर गरिरहेका हुन्छन् ।

उनीहरु पनि क्वारेन्टाइनको समय आफूहरुलाई माया गर्नको लागि उत्तम समय भएको बताएका छन् ।

अहिले दीपिका रणवीरको लागि विभिन्न परिकारहरु बनाएर खवाउनमा व्यस्त छिन् । रणवीर पनि आफूले जानेको परिकारहरु बनाएर दीपिकालाई खुवाइरहेका छन् ।

दुबै मिलेर घर सफा गर्नेदेखि हरेक क्रियाकलापहरु गरिरहेका छन् । उनीहरुको प्रेम साँच्चिकै लोभलाग्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?