+
+

कोरोना नियन्त्रणका लागि सबैसँग सहकार्य गर्न तयार छौं : विप्लव

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २२ गते १९:१५

२२ चैत, काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कोभिड–१९ महामारीविरुद्ध लड्न सबैसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।

पार्टीद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसविरुद्धको संघर्षमा सबै शक्तिसँग सहकार्य गर्न हाम्रो पार्टी तयार छ ।’

सरकारले महामारीमा समेत मुनाफा कमाउने, भ्रष्टाचार गर्ने र जनतामाथि शोषण गरेको चन्दको आरोप छ । कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको असफलता र अस्तव्यस्तताकाबीच जनताले संयमता अपनाएको र सम्भावित असहज परिस्थितिको सामना गर्न सचेत रहन उनले आग्रह गरेका छन् ।

कोरोना नियन्त्रणका लागि विप्लवले १६ बुँदे सुझावसँगै आफ्ना ६ बुँदे कार्यसूचीसमेत प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?