+
+

सरकारको निरीहताप्रति दुःखी छौं– मोहन वैद्य

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २३ गते १५:२४

२३ चैत, काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले सरकारको स्वास्थ्य सेवा प्रवाह प्रभावकारी नभएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

क्रान्तिकारी माओवादीका महासचिव वैद्यले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरोना रोकथाम उपायदेखि उपचार प्रक्रियासम्मका कार्यमा लापरबाही भएको निष्कर्ष निकालेका हुन् । वैद्यले अस्पतालहरूको लापरबाहीमा सरकार निरीह भएको भन्दै दःखसमेत व्यक्त गरेका छन् ।

‘बागलुङ्बाट पोखरा ल्याई गण्डकी अस्पतालको बाहिर प्राङ्गणमा राखिएका ज्वरोको बिरामीले डाक्टर भेट्नका निम्ति करिब १५ घण्टासम्म पर्खिनु परेको कुराले स्थितिको गम्भीरतालाई दर्शाउँछ,’ वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसलाई टुलुटुलु हेरेर बस्ने सरकारको निरीहताप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ ।’

कोरोना प्रकोप न्यूनीकरणमा सम्पूर्ण संयन्त्र परिचालन गर्न पनि उनले माग गरेका छन् ।  निजी तथा सरकारी अस्पतालमा पर्याप्त सुरक्षा उपकरण नभएकाले प्रदान गर्नुपर्ने वैद्यकाे सुझाव छ। सङ्क्रमित बिरामीको सम्पर्कमा आउने स्वास्थ्यकर्मीहरुको जीवन बीमा गर्न तथा  कोरोनाको परीक्षण बढाउन पनि उनले माग गरेका छन् ।

पछिल्लो समय केही सरकारी तथा निजी अस्पताल आफ्नो कर्तव्य निर्वाह गर्न चुकेकाले तिनीहरूमाथि कारबाही गर्नुपर्ने माग पनि वैद्यको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?