+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

भित्रिन थाले रक्सौलमा रोकिएका औषधिका कच्चा पदार्थ

सुरेश बिडारी सुरेश बिडारी
२०७६ चैत २६ गते १०:३८

२६ चैत, वीरगञ्ज । रक्सौलस्थित भन्सार यार्डमा होल्ड भएका औषधि उद्योगका कच्चा पदार्थ नेपाल भित्रिन थालेका छन् । बारा पर्सा औद्योगिक कोरिडोरका तीन ट्रक कच्चा पदार्थ वीरगञ्ज भन्सार नाका हुँदै भित्रिएको हो । भैरहवा, विराटनगरलगायत स्थानमा रोकिएका कच्चा पदार्थसमेत ल्याउन पहल भइरहेको उद्योगीहरूले बताएका छन् ।

मारुती फर्मास्युटिकल्सका सञ्चालक प्रभात रुंगटाले रक्सौलमा रोकिएका खुद्रा सामान सहज आयात हुन थालेको जानकारी दिए ।

‘लकडाउनले गर्दा रक्सौल यार्डमा खुद्रा रूपमा मगाइएका सहायक कच्चा पदार्थ रोकिएको थियो,’ उनले भने ‘दुवै देशका अधिकारीहरूको समन्वयमा हिजो तीन ट्रक समान आयो, आज पनि केही ट्रक लोड गर्न गएका छन् । नारायणगढ, काठमाडौंका साथीहरु पनि ट्रक लिएर समान लिन आएका छन् । पारि गएर सामान लोड गर्दैछन् । ’

भारततर्फ थन्किएका खुद्रा समान सबै भित्रिएपछि सहज रूपमा उद्योग सञ्चालन हुने उनको भनाइ छ ।

कच्चा पदार्थको गाडी रोकिएपछि वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले पहल थालेको छ । महावाणिज्य दूतावासको अग्रसरतापछि रक्सौलमा रोकिएका कच्चा पदार्थ पुरानो भन्सार नाका हुँदै नेपाल पठाउन भारतीय पक्ष सहमत भएको हो ।

औषधी उद्योगले मगाएका कच्चा पदार्थ रक्सौल भन्सारका अधिकारीहरूले रक्सौल नाकाबाट जाँचपास नगर्दा समस्या भएको थियो । उनीहरुले आईसीपीबाट मात्र जाँचपास गराउनुपर्ने भन्दै अवरोध सिर्जना गरेपछि नेपालका औषधि उद्योग समस्यामा छन् ।

हाल काठमाडौंमा १६, वीरगञ्जमा १५, नारायणघाटमा ९ र विराटनगरमा ४ वटा औषधि उद्योग सञ्चालनमा छन् ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?