+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पशुपालक किसानले घरैबाट भिडियो परामर्श लिन सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २६ गते १५:२८

२६ चैत, काठमाडौं । पशु चिकित्सकहरुको छाता संगठन नेपाल भेटेरिनरी एसोसिएसनले भिडिओे कन्फ्रेन्समार्फत देशैभरका पशुपालक किसानलाई सेवा दिने भएको छ ।

लकडाउनका कारण पशु चिकित्सकको सेवा पाउन नसकेका कृषकलाई सहयोग पुर्‍याउन भेटेरिनरी टेलिपरामर्श सेवा सञ्चालन थालिएको संघले जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै संघले पशुका प्रकार र उनीहरुको उपचारमा संलग्न हुने प्रदेशगत चिकित्सकहरुको नामावली र सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

पशुपालक किसानले आफ्नो पशुमा देखिएको समस्या भिडियोमार्फत चिकित्सकलाई सोध्न पाउने संघका अध्यक्ष शीतलकाजी श्रेष्ठले जानकारी दिए । कुकुर, बिरालो, गाई, भैंसी, बाख्रा, माछा र कुखुरामा देखिएको समस्याबारे कृषकले जानकारी लिन सक्ने संघले स्पष्ट पारेको छ ।

पशुपालकले सम्पर्क गर्न सक्ने प्रदेशगत चिकित्सकहरुको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?