+
+

मुख्यमन्त्रीको निर्देशन- विपन्नको घरघरमै राहत पुर्‍याउने व्यवस्था मिलाऊ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २८ गते २०:०६

२८ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विपन्न समुदायको घरघरमा राहत पुर्‍याउने व्यवस्था मिलाउन सबै स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

राहत वितरणका क्रममा सार्वजनिक स्थानमा भिडभाड बढेपछि मुख्यमन्त्री राईले घरघरमा राहत पुर्‍याउने व्यवस्था मिलाउन जनप्रतिनिधिहरुलाई निर्देशन दिएका हुन ।

शुक्रबार बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले प्रदेशका सुरक्षा प्रमुखसँगको बैठकपछि स्थानीय तहलाई डेलिभरी भ्यानको व्यवस्था गरेर विपन्नलाई राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

तराईका जिल्ला र शहरी क्षेत्रमा यो समस्या रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरुसँग समन्वय गरेर व्यवस्थापन गर्न समेत सुरक्षा निकायलाई उनले निर्देशन दिए ।

संक्रमण भित्रिन नदिन भारतीय सीमामा कडाइ गर्नुको विकल्प नरहेको बताउँदै मुख्यमन्त्री राइले नयाँ योजनाका साथमा सीमा नाकाहरुमा कडाइ गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?