२८ चैत, काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा यती समूहका लगानीकर्ताहरुको तर्फबाट समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
कोरोनाभाइरस (कोभिड-१९)को संक्रमणले नेपाल लगायत विश्व नै ठप्प बनेको यस घडीमा महामारीलाई रोकथाम तथा न्यूनीकरण गर्न नेपाल सरकारलाई सहयोग गरिएको यतीले जनाएको छ ।
नेपाली जनताको जीवन रक्षाका लागि चालिएको सरकारको यस कदमलाई साथ दिनु आफ्नो कर्तव्य भएको समूहले जनाएको छ ।
व्यवसाय ठप्प छ, अर्थतन्त्र ओरालो लागेको अवस्था छ, तर व्यवसायभन्दा पनि देश र जनताको पक्षमा ‘यती समूह’ उभिएको जानकारी गराउँदै यस्ता सहयोग निरन्तर जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।