+
+

कोरोना कोषमा महालक्ष्मी लाईफका सीईओले दिए २ महिनाको तलब भत्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३० गते १६:३३

३० चैत, काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण कोषमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम आइतबार राष्ट्रिय बाणिज्य बैंक लिमिटेडमा रहको सकारी खातामा जम्मा गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए ।

कोष्मा सीईओ भट्टराईले आफ्नो मात्रै २ महिनाको तलब बराबर ५ लाख चौरासी हजार रुपैयाँ सहयोग गरेका छन् । सकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्नका लागि भन्दै सरकारी कोष बनाएको छ ।

उक्त कोषमा विभिन्न संघ–संस्था तथा व्यक्तिहरुले सहयोग रकम जम्मा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?