+
+

गोरखा आरुघाटका युवकमा देखियो एन्टिबडी पोजेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३ गते १२:३६

३ वैशाख, गोरखा । बहराइनबाट फर्किएका गोरखाका एक युवकको र्‍यापिड डाइग्नेस्टिक किट (आरडीटी) विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा गरिएको र्‍यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय, गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिए ।

ती युवा गत फागुन २२ गते बहराइनबाट नेपाल आएका थिए । मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालयले आरुघाट गाउँपालिकामा र्‍यापिड टेस्ट गरेकोमा उनको मात्रै एन्टिबढी पोजेटिभ देखिएको हो ।

र्‍यापिड टेस्टको रिपोर्ट पोजेटिभ आए पनि ती युवामा कोरोनाको लक्षण नदेखिएको र अवस्था सामान्य रहेको बताइएको छ । उनलाई अहिले आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा राखिएको छ ।

उनको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?