+
+

सरकारको अपिल : चैतमा विदेशबाट आएकाहरुले र्‍यापिड टेस्ट गराउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ४ गते १८:३०

४ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैतमा विदेशबाट आएका सबैलाई र्‍यापिड डायग्नोस्टिक विधि (आरडीटी) परीक्षण गर्न आह्वान गरेको छ ।

मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै चैतमा विदेशबाट आएका, कोरोना पोजेटिभ बिरामीको सम्पर्कमा आएका, कोरोनाको लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका सबैलाई र्‍यापिड टेस्टमा आउन आग्रह गरेको हो ।

यस्तै, कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई पनि र्‍यापिड टेस्ट गर्न  मन्त्रालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?