Comments Add Comment

लकडाउनपछि भारतमा कोरोना संक्रमितको वृद्धिदर ८ प्रतिशतमा सीमित

१३ वैशाख, काठमाडौं । लकडाउनका कारण भारतमा कोरोना संक्रमणको वृद्धिदर ८ प्रतिशतमा झरेको छ ।

लकडाउन सुरु हुँदाको समयमा २१.६ प्रतिशत रहेको कोरोना संक्रमितको वृद्धिदर लकडाउनको एक महिना पछि आउँदा ८.१ प्रतिशतमा झरेको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक महिनाअघि लकडाउन घोषणा गरेका थिए । त्यतिबेला त्यहाँ कोरोना संक्रमितको संख्या करिब ५ सय थियो । तर कोरोना संक्रमितको सख्या अत्यधिक रहेको धेरै प्रमाणहरु थिए । त्यसैले मार्च २४ मा कोरोना संक्रमितको दैनिक वृद्धदर २१.६ प्रतिशत रहेको थियो ।

यदि लकडाउन नगरेको भए वा कोरोना संक्रमितको सुरुकै वृद्धिदर कायम रहेको भए अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या दुई लाख पुग्ने भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । जबकी अहिले भारतमा कोरोना संक्रमितको संख्या २३ हजार ४ सय जना रहेको छ ।

लकडाउनको पाँच हप्ताको तेस्रो दिनसम्म पनि कोरोना संक्रमितको वृद्धिदर ८ प्रतिशत हुनु पनि बढी हो । जबकी लकडाउनपछि जर्मनीमा कोरोना संक्रमितको वृद्धिदर जम्मा २ प्रतिशत छ भने अमेरिकामा ४.८ प्रतिशत मात्र छ ।

अहिलेको वृद्धिदर कायम रहने हो भने आउँदो हप्ता कोरोना संक्रमितको संख्या ४० हजार पुग्छ भने १५ दिनमा ७० हजार पुग्छ । त्यस्तै मे महिनाको अन्त्यसम्म संक्रमितको संख्या २ लाख ५० हजार पुग्ने टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment