+
+

कोरोनाबारे स्वतन्त्र जाँचको माग चीनद्वारा अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १३ गते ७:३७

१३ वैशाख, काठमाडौं । चीनले कोरोना भाइरसको उत्पत्तिबारे स्वतन्त्र जाँचको माग अस्वीकार गरेको छ । बेलायतमा चीनका शीर्ष कूटनीतिज्ञ चेन वेनले यो माग राजनीतिबाट प्रेरित भएको भन्दै उक्त माग अस्वीकार गरेका हुन् । उनले कोरोना भाइरविरुद्ध चीनको लडाइँ कमजोर बनाउने कोसिस अन्तर्गत यस्तो माग राखिएको बताए ।

चीनको हुबेई प्रान्तस्थित वुहान शहरको पशुपंक्षी बजारबाट कोरोना भाइरस फैलिएको थियो ।

यद्यपि यूरोपेली युनियनको रिपोर्टमा चीनले कोरोना भाइरससँग सम्बन्धित सूचनाहरु लुकाएको उल्लेख छ । अमेरिकाले त पशुपक्षी बजारबाट नभइ ल्याबबाट भाइरस फैलिएको आशंका गर्दै स्वतन्त्र विशेषज्ञहरुलाई चीन आउन दिएर यसबारे अनुसन्धान गर्न दिनुपर्ने माग राखेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरससँग सम्बन्धित सूचनासँगै यसबाट मृत्यु हुनेहरुको संख्या पनि चीनले लुकाएको अभिव्यक्ति दिँदै आएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?