१३ वैशाख, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् ।
रमजान पर्वको अवसरमा शनिबार बिहान शुभकामना दिँदै मुख्यमन्त्री राउतले घरमै नमाज पढेर रमजान मनाउन आग्रह गरेका हुन् ।
विश्व अहिले कोरोना महामारीको चपेटामा रहेको र सरकारले महामारी नियन्त्रणको लागि लकडाउन समेत गरेको हुँदा सम्पूर्ण इस्लाम धर्माबलम्बीलाई घरमै नमाज पढ्न तथा भीडभाड नगर्न मुख्यमन्त्री राउतले आग्रह गरेका हुन् ।
यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, विविधायुक्त समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुर्याउने कामना समेत उनले गरेका छन् ।