+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

उत्कृष्ट प्रतिकृया सहित युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा ‘लभ डायरिज’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १३ गते १३:२२

गत फागुनमा रिलिज भएको चलचित्र ‘लभ डायरिज’ युट्युबमा आइसकेको  छ । हलमा रिलिज भएको २ महिना नबित्दै निर्माण पक्षले चलचित्रलाई युट्युबमा सार्वजनिक गरेका हुन् ।

चलचित्रका निर्देशक सौरभ चौधरी कोरोनाका कारण बाहिरी देशको शो रद्द भएपछि चलचित्रलाई युट्युबबाट नै रिलिज गरिदिएको बताउँछन् । उनले भने, ‘हाम्रो बाहिरको शो रद्द भएपछि लकडाउनमा थुनिएर बसेका दर्शकलाई लक्षित गरेर चलचित्र युट्युबमा हालेका हौँ ।’

हलबाट लगानी सुरक्षित गर्न नसकेको यस चलचित्रले युट्युबमा भने दर्शकको राम्रो साथ पाएको छ । रिलिज भएको दुई दिनमा नै यस चलचित्र युट्युब ट्रेण्डिङको शिर्ष स्थानमा उक्लिएको छ ।

चलचित्रले १२ लाख २३ हजार भन्दा बढि दर्शक पाएको छ । जसमा चलचित्रलाई ४१ हजारले लाइक गरेका छन् भने डिसलाइक गर्ने जम्मा २ हजारमा सिमित छन् ।

चलचित्रको लागि आएका साढे ४ हजार प्रतिक्रिया उत्साहजनक छन् । धेरै दर्शकले चलचित्रलाई रुचाएका छन् । धेरैले चलचित्र उत्कृष्ट भएको प्रतिकृया दिएका छन् । हलमा रिलिज भएको छोटो समयमा नै राम्रो चलचित्र युट्युबमा हेर्न पाएको भन्दै दर्शकले निर्माण पक्षलाई धन्यवाद पनि दिएका छन् ।

दर्शकले निर्देशक सौरभ चौधरी र नव-नायिका रुविना थापाको प्रशंसा गरेका छन् । मुख्य अभिनेता सुशिल श्रेष्ठको लुक्स र अभिनयले पनि दर्शकको मन जितेको छ ।

विनोद सापकोटाले निर्माण गरेको यस चलचित्रमा शाहिल खान सहायक निर्देशकको रुपमा रहेका छन् । चलचित्रमा सुशिल र सुविनासँगै विश्वजित रिमालको पनि अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?