
१३ वैशाख, काठमाडौं । शरीरमा सर्लक्क परेका सेता धर्सा । लामो पुच्छर । कहिले यता, कहिले उता फर्याकफुरुक गरिरहने । यो फुर्तिलो लोखर्के हेर्दा जति चुलबुले छ, त्योभन्दा बढी सुन्दर छ ।
खुरुरुरु रुखमा चढ्दै, फेरि झर्दै, जमिनमा दगुर्दै कहिले फलफूल खान्छ, कहिले बाँस कोपर्छ त कहिले फूलको डाली नुहाएर फूल चपाउँछ यसले । अनि आफ्नै पुच्छरले मुख पुछेजस्तो गर्छ ।
टाढाबाट झट्ट हेर्दा मुसा जस्तै लाग्ने यो चुलबुले लोखर्केले सबैको ध्यान खिच्छ । काठमाडौंमा प्राय पार्कमा लोखर्केहरु भेटिन्छन् ।
लोखर्के देखियो भने सबैको ध्यान त्यहीमाथि केन्द्रित हुन्छ । लोखर्केलाई देख्नेवितिकै कोही यसको गतिविधि क्यामरामा कैद गर्न थाल्छन् भने कोही यसको क्रियाकलाप नियाल्न मस्त हुन्छन् ।
विश्वभर २४८ प्रजातिका लोखर्के पाइन्छन् । नेपालमा ११ प्रजातिका लोखर्के पाइन्छन् । नेपालमा समुद्री सतहबाट ३३ सय देखि ६३ सय मिटर उचाइसम्मका भूभागमा पाइन्छ । यो लोखर्के भने प्रज्ञा भवन परिसरमा केही दिन अगाडि देखिएको हो ।
प्रतिक्रिया 4