+
+

हलमा होइन, अनलाइनमा रिलिज हुँदै ‘लक्ष्मी बम्ब’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १३ गते १६:३६

बलिउड अभिनेता अक्षय कुमार स्टार चलचित्र ‘लक्ष्मी बम्ब’ रिलिजको तयारीमा थिए। तर, कोरोनाका कारण भारतमा गरिएको लकडाउनका कारण यो चलचित्रको रिलिज अन्योलमा परेको छ ।

तोकिएको समयमा चलचित्रको रिलिज हुन नसक्दा प्रतीक्षामा बसेका दर्शकहरू पनि चिन्तित हुन थालेका छन् । त्यसैलाई मध्यनजर गर्दै यस चलचित्रका निर्माता तथा निर्देशकले कोरोनाको त्रासकाबीच पनि चलचित्र रिलिज गर्ने तयारी अघि बढाएका छन् ।

‘लक्ष्मी बम्ब’लाई अब निर्माण पक्षले हलमा नभएर अनलाइन प्लेटफर्ममा रिलिज गर्ने तयारी गरेका हुन्। निर्माताले हलमा अझै केही समय कुर्नुपर्ने भएकाले आफ्ना दर्शकलाई लक्षित गरेर अनलाइनमा रिलिज गर्न लागेको बताएका छन् ।

यस चलचित्रका निर्माता तथा निर्देशकले ‘डिज्नी प्लस हटस्टार’ नामक एपसँग चलचित्र रिलिजको विषयमा कुराकानी गरिरहेका छन् । दुवै पक्ष यस विषयलाई लिएर सकरात्मक छन् ।

चलचित्रको अन्तिम पोस्ट प्रोडक्सनको काम बाँकी रहेको छ । लकडाउन खुलेपछि उक्त काम सकेर अनलाइनमा रिलिज गर्ने चलचित्रमा निर्माताले बताए।

यस चलचित्र आगमी इदमा रिलिज गर्ने लक्ष्य लिएको थियो । उक्त मितिमा सलमान खानको ‘राधे’ पनि रिलिज हुने पक्का भएको थियो । तर, अब राधेको रिलिज पनि अन्योलमा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?