Comments Add Comment

डोटीमा एक महिलाको हत्या

१३ वैशाख, डोटी । डोटीको शिखर नगरपालिका-८ गोपघाटमा एक महिलाको रहस्यमय ढंगले हत्या भएको छ । शुक्रबार बिहान करिब ४ बजेतिर आक्रमणमा परी गम्भीर घाइते भएकी अन्दाजी २८ वर्षीया राजु दमाईको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गयो ।

प्रहरीकाअनुसार राजुका श्रीमान कृष्ण दमाईले प्रहरीलाई आफ्नो श्रीमतीमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताएका छन् । बिहान ४ बजे म शौचालय गएका बेला श्रीमतीमाथि आक्रमण भएको तर आक्रमण कसले गर्‍यो भन्नेबारे आफूलाई थाहा नभएको कृष्णले बताएका छन् ।

राजु र कृष्ण श्रीमान-श्रीमती हुन् । उनीहरू राति सँगै सुतेका थिए । घाँटी र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा बिहानपख कृष्णकी श्रीमती राजु फेला परेकी थिइन् ।

त्यसपछि उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएको थियो । अस्पताल पु‍र्‍याएको केहीबेरमै उनको मृत्यु भएको तिलताली प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक नरेन्द्र टमटाले जानकारी दिए ।

डडेल्धुरा अस्पतालमै पोष्टमार्टम गरेर शनिवार दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । उनले घटनास्थलमा कुनै हतियार पनि फेला नपरेको बताए ।

हत्या अनुसन्धानका लागि श्रीमान कृष्ण दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको बोहराले जानकारी दिए । मृतकका दुई छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment