+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

लकडाउनमा दालको कालोबजारी गर्ने पाँच जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १४ गते २१:२९

१४ वैशाख, वीरगञ्ज । मसुरोको दाल कालोबजारी गरेको आरोपमा बारा-पर्सा औद्योगिक करिडोरका दुई उद्योगीसहित ५ जना पक्राउ परेका छन् । प्रहरीले उद्योगीहरू मोहनलाल चाचन, पवनकुमार झासहित उनका प्रतिनिधिहरू सुनिल शर्मा, सुरेश प्रसाद र सन्तोष झालाई पक्राउ गरेको हो ।

लकडाउनको मौका छोपेर उनीहरूले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको प्रहरीकाे दाबी छ । प्रहरीकाअनुसार पक्राउ परेका चाचन बाराको परवानीपुर गाउँपालिकको चैनपुरस्थित नारायणी मोर्डन पल्सेस इन्डष्ट्रिजका सञ्चालक र सुनिल त्यसैका प्रतिनिधि हुन् । पवन, बाराकै छातापिपरास्थित कृष्ण आधुनिक दाल उद्योगका सञ्चालक र सुरेश उनका प्रतिनिधि हुन् भने सन्तोष बाराको परवानीपुरको लिपनीमाल स्थित महावीर ओभरसिज प्रालिका प्रतिनिधि हुन् ।

उद्योगहरुले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको जनगुनासोका आधारमा अनुगमन टोलीले तयार पारेको प्रतिवेदन अनुसार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

‘करिडोरका तीन उद्योगले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको गुनासो आएपछि अनुगमन भएको थियो । अनुगमन टोलीको प्रतिवेदनको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं,’ डीएसपी मिश्रले भने, ‘ लकडाउन भन्दा अगाडl प्रतिकेजी ८० देखि ८५ रुपैयाँमा मसुरोको दाल बिक्री गर्ने गरेकोमा लकडाउनमा ९४ देखि ९८ रुपैयाँमा बिक्री गरेको पाइएको छ ।’

अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बाराका प्रमुख जिल्ला अधिकारीलाई कारबाहीका लागि आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय बाराको आदेशमा प्रहरीले कारबाही सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?