+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बैंकर्स संघका अध्यक्षले भने– राष्ट्र बैंकको परिपत्र क्रान्तिकारी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १६ गते १९:२७

१६ वैशाख, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले नेपाल राष्ट्र बैंकले क्रान्तिकारी निर्णय गरेर परिपत्र जारी गरेको प्रतिक्रिया दिएका छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मंगलबार परिपत्र जारी गर्दै कोरोना प्रभावित क्षेत्रहरुका लागि चौथो त्रैमासको ब्याजदरमा २ प्रतिशत छुट दिन निर्देशन दिएको छ ।

राष्ट्र बैंकको निर्देशनपछि अनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष दाहालले क्रान्तिकारी परिपत्र आएको प्रतिक्रिया दिएका हुन् । यसको असरका बारेमा भने अब संघले अध्ययन गरेर थप प्रतिक्रिया दिने बताए ।

‘ग्रेट डिप्रेशन पछिको सबैभन्दा ठूलो असर यो नै हो भन्ने कुरा छ, संसारभरका केन्द्रीय बैंकले तरलता सहज गराउने नीति लिएका छन्’ अनलाइनखबरसँगकाे कुराकानीमा उनले भने, ‘यसै सन्दर्भमा हाम्रो केन्द्रीय बैंकले पनि ल्याएको हो, ब्याजदर घटाउने पोलिसी संसारका अन्य देशका केन्द्रीय बैंकले पनि लिएका छन् ।’

अध्यक्ष दाहालले बैंकको ब्याजदर यति नै परिवर्तन गर भनेर अहिलेसम्म केन्द्रीय बैंकले नभनेकाले यो परिपत्र क्रान्तिकारी भएको बताए ।

‘अहिलेसम्म राष्ट्र बैंकले हामीलई ब्याजदर यति नै हुनुपर्छ भनेको थिएन, अहिले प्रतिशत नै तोकेर घटाउन भनेको छ । यो क्रान्तिकारी निर्देशन आएको छ’ उनले भने ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि मंगलबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुका लागि ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको हो ।

चैत मसान्तसम्मको कायम ब्याजदरमा चौथो त्रैमास अर्थात वैशाख, जेठ र असारको ब्याजमा छुट दिन राष्ट्र बैंकले भनेको हो ।

तर यो सहुलियत सबै ऋणीहरुले भने पाउने छैनन् । राष्ट्र बैंकका अनुसार यो सहुलियत पाउन कोरोनाबाट प्रभावित भएकै हुनुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?