+
+

तोप चराको चुलबुल (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ वैशाख १८ गते १५:२०

१८ वैशाख, काठमाडौं । लकडाउनका कारण मानव जाति हिजोआज घरबाहिर निस्कन पाएका छैनन् । पाँच हप्ताभन्दा धेरै भयो मुलुकमा लकडाउन सुरु भएको । लकडाउनको समयमा मान्छे बाहिर निस्कन नपाए पनि स्वच्छन्द पन्छीहरूको उडान रोकिएको छैन ।

कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको प्रभाव चराचुरुङ्गी वा पशुपन्छीमा प्रत्यक्षतः पर्दैन । उनीहरू प्रकृतिमा आफ्नै ढंगले जीवननिर्वाह गरिरहेका हुन्छन् । बुधबार कीर्तिपुरको भत्केपाटी पुग्दा तोप चराहरू गुडँ वरपर खेलिरहेका थिए ।

भँगेरा आकारको यो चराको गुडँ निकै राम्रो र कलात्मक पनि देखिन्छ । बस्तीबीचका दुईवटा रुखमा ६ वटा गुडँ बनाएर बसेका तोप चरा, कहिले गुडँबाट बाहिर उड्ने, कहिले गुडँतिर फर्किने गरेर रमाइरहेको थियो ।

हेर्नुहोस् तस्वीरहरू:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?