+
+

पाकिस्तानमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते १२:३३

२४ वैशाख, काठमाडौं । पाकिस्तानमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च बनेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा ४० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यससँगै पाकिस्तानमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २२६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४९ नयाँ संक्रमित भेटिएका छन् । यससँगै पाकिस्तानमा समग्र संक्रमित हुनेको संख्या पनि २२ हजार २५० पुगेका छन् । अघिल्लो दिन पाकिस्तानमा एक हजार ३१५ नयाँ संक्रमित थपिएका थिए ।

यसअघि गत सोमबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मुलुकको अर्थतन्त्रमा सुधार गर्न भन्दै लकडाउन केही खुकुलो बनाउने घोषणा गरेका थिए । पाकिस्तानमा मे ९ सम्म लकडाउन घोषणा गरिएको छ ।

अहिलेसम्म पाकिस्तानमा ५ हजार २१७ जना मानिसहरु निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?