+
+

पर्साको अलौमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २५ गते २०:४५
प्रतिनिधिमूलक तस्‍वीर

२५ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौंमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।

त्यसक्रममा सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । बिहीबार सीमावर्ती भारत बिहारको हरैया गाउँबाट केही समान लिएर एक भारतीय नागरिक नेपालतर्फ आउँदै थिए ।

अलौको सिवान टोलमा खटिएको सशस्त्र प्रहरीले उनलाई रोकेर सोधपुछ गर्दा उनले विवाद गरेका थिए । विवादपछि फर्केर गएका उनले समान लुकाएर थप ७/८ जना साथीहरु सहित आएर सशस्त्र प्रहरी जवानलाई हातपात गरेका थिए । त्यस क्रममा सशस्त्र प्रहरी जवानको पोशाक च्यातिएको स्रोतले जनाएको छ ।

उनीहरुलाई भगाउनका लागि एक राउण्ड हवाई फायर समेत गर्नुपरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले लकडाउनमा तस्करी गर्न खोज्ने भारतीय तस्करलाई रोक्दा स्थिति तनावपूर्ण बनेपछि हवाई फायर गर्नुपरेको जानकारी दिए ।

‘एक जनाले सिमापारीबाट समान तस्करी गरेर ल्याउन खोजेको रहेछ, रोक्दा विवाद गर्नुको साथै समान लुकाएर थप साथीहरु समेत बटुलेर हातपातमा उत्रिएका छन्’ उनले भने ‘उनीहरुलाई रोक्नका लागि एक राउण्ड हवाई फायर भएको छ । स्थिति सामान्य भइसकेको छ ।’

स्थिति बिग्रन नदिन पर्साका सशस्त्र प्रहरी उपरीक्षक र भारतीय समकक्षी सुरक्षा अधिकारी घटनास्थलमा पुगेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?