+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भारतले सीमा मिच्दा पनि सरकार लाचार : तरुण दल

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २७ गते १६:५१

२७ वैशाख, काठमाडौं । नेपाल तरुण दलले सीमा रक्षाको निम्ति यथाशीघ्र उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

भारतले नेपालको भूमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जोड्ने सडक बनाउँदा नेपाली नागरिकको आत्मामा गहिरो चोट पुगेको भन्दै तरुण दलले भूमि रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कुनै पनि सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथि अन्य मुलुकद्वारा कुनै पनि क्षेत्रमा गरिने हस्तक्षेप त्यस देशका नागरिकहरूलाई सह्य हुँदैन ।’

यस्तो संवेदनशील विषयमा पनि कूटनीतिक पहल नगर्दा सरकारको लाचारशैली र चरित्र उदांगो भएको टिप्पणी तरुण दलले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?