+
+

उपत्यका विकास प्राधिकरणले नयाँ आयोजना सुरु नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १७:२८

३० वैशाख, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले यो वर्ष नयाँ आयोजना निर्माण अघि नबढाउने भएको छ ।

प्राधिकरणले लकडाउनअघि ठेक्का लागिसकेका र काम अन्तिम चरणमा पुगेका आयोजना पूरा गर्नमा ध्यान दिने जनाएको छ ।

प्राधिकरणले ठेक्का लागिसकेका सडक विस्तार, सार्वजनिक जग्गा सरंक्षण र जग्गा आयोजना विकासका काम सार मसान्तसम्म सक्ने गरी अघि बढाएको छ । पहिले नै ठेक्का भइसकेको आयोजना असार मसान्तसम्म सक्ने गरी काम अघि बढाइएको प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले बताए ।

प्राधिकरणले ठेक्का दिइसकेको ५० प्रतिशत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । लकडाउनका कारण काम हुन नपाएकाले त्यस्ता आयोजनाको म्याद थपको तयारी भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?