
३० वैशाख, जनकपुरधाम । नेपाली भूमि मिचेर सडक बनाइएको बिरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने एक दर्जन विद्यार्थी नेतालाई मंगलबार जनकपुरधामबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीय रमानन्द चोकमा मोदीको पुत्ला जलाउने क्रममा मंगलबार साँझ उनीहरुलाई नियन्त्रणमा लिइएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्वव्यूका नेताहरुले पुत्ला दहन गर्नै लाग्दा प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
विद्यार्थी नेता आनन्द झा, रिक्की यादव, राजन झा, आरपी यादवसहितकालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, धनुषा लगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4