२ जेठ, काठमाडौं । सरकारले तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य लिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ३ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य लिएको जानकारी दिएका हुन् ।
उनका अनुसार हालसम्म ५५१ स्थानीय तहका २७ लाख बढी नागरिकको स्वास्थ्य बिमा गरिएको छ ।
आधारभूतबाहेकका स्वास्थ्य सेवाहरू क्रमशः थप गरिँदै लगिने समेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4