+
+

अघिल्लो सातामात्र भारतबाट आएका थिए कपिलवस्तुका तीनै जना कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३ गते १४:५६

३ जेठ, काठमाडौं । कपिलवस्तुमा थपिएका कोरोना भाइरस (कोभिड–१९) का तीन जना संक्रमित एक साताअघि भारतबाटै लुकिछिपी नेपाल प्रवेश गरेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ३४ वर्षका पुरुष वडा नम्बर ११ का हुन् भने २५ र ४४ वर्षका पुरुष वडा नम्बर ८ का हुन् ।

भारतको मुम्बईबाट आएका उनीहरु लकडाउनको समयमा लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

‘एक जना २५ गते आएका थिए । अर्का एक २७ गते र तेस्रो व्यक्ति २८ गते विहान आएका थिए । दिउँसो उनको स्वाब संकलन गरेर पठाइएको थियो’ शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले अनलाइनखबरलाई बताए ।

उनीहरुलाई पुराना छाला कारखानामा बन्दै गरेको सुपा देउराली रिसोर्टको क्वारेन्टाइनमा राखिएको थियो ।

कोरोना संक्रमण पाइएपछि अब दाङको बेलझुण्डी कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?