+
+
Shares

स्वास्थ्य मन्त्रालयको टोली आज सिन्धुपाल्चोक जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते ९:०५

४ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली आज सिन्धुपाल्चोकको बाह्रबिसे जाने भएको छ ।

नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सिन्धुपाल्चोककी महिलाको मृत्यु भएपछि त्यसको अनुसन्धान गर्न मन्त्रालयको टोली त्यहाँ जान लागेको हो । सो टोलीले महिलाको घर, माइती, वरपरका बजार र उनको सम्पर्कमा आएका व्यक्तिहरुको सम्भावित जोखिम आँकलन गर्ने छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट शनिबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । आफ्नो निर्वाचन क्षेत्रकी महिलाको कोरोनाबाट मृत्यु भएको जानकारी पाएलगत्तै सभामुख अग्नि प्रसाद सापकोटाले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी स्वास्थ्य विज्ञहरुको टोली पठाउन आग्रह गरेका थिए । सभामुख र स्वास्थ्य मन्त्रीबीच मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनी नेतृत्वको टोलीलाई सिन्धुपाल्चोक पठाउने कुराकानी भएको थियो ।

स्वास्थ्य मन्त्रालयको मन्त्रालयको टोलीसँगै बागमती प्रदेश सरकारको र्‍यापिड एक्सन फोर्सको टोली पनि सिन्धुपाल्चोक जाँदै छ ।

बाह्रबिसे नगरपालिकाका मेयर निमाफुन्जो शेर्पाले स्वास्थ्य मन्त्रालय र प्रदेश मन्त्रालयको टोली आज सिन्धुपाल्चोक आउन लागेको जानकारी आफूले पाएको बताए । शनिबार धादिङमा रहेको प्रदेश सरकारको टोली राति काठमाडौं आइपुगेको छ र आइतबार सिन्धुपाल्चोक पुग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?