+
+

कोरोनाले मृत्यु भएकी महिलाको शिशुसहित परिवारका ५ सदस्यको रिपोर्ट नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते १०:३९

५ जेठ, काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा कोरोना संक्रमण नपाइएको धुलिखेल अस्पतालमा चिकित्सक डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी महिला त्यसपछि सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । त्यसपछि स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्था हुँदै उपचारका लागि धुलिखेल ल्याइएको थियो ।

बिहीबार उनको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?