+
+
Shares

धनुषाका नयाँ संक्रमित काठमाडौंमै रहेको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते २०:०३

५ जेठ, जनकपुरधाम । पछिल्लो पटक धनुषामा फेला परेका कोरोना संक्रमित काठमाडौंमै रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार धनुषाका एक जना कोरोना संक्रमित फेला परेको जनाएको छ ।

ती संक्रमितको घर धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ हो । घर धनुषा भए पनि उनी काठमाडौंको त्रिपुरेश्वरमा बस्दै एक निर्माण कम्पनीमा काम गर्दै आएको पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

निरौलाका अनुसार २८ बर्षीय संक्रमित युवक निर्माण कम्पनीमा चालकको काम गर्दै आएका छन् । ‘उनी काठमाडौंमै संक्रमित देखिएका हुन्’ निरौलाले भने, ‘उनलाई त्यहीं आइसोलेसनमा लग्ने तयारी भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?