
६ वैशाख, काठमाडौं । सरकारी स्वमित्वको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले राहत वितरणका लागि पालिकाहरूलाई झण्डै ११ लाख किलो खाद्यान्न बिक्री गरेको छ ।
लकडाउनको ५५ औं दिनसम्म दश लाख ८० हजार छ सय ४६ किलो खाद्यान्न बिक्री गरेको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । यस अवधिमा ७८ हजार २१३ किलो नुन, ५३ हजार आठ सय ८६ लिटर तेल, छ लाख ८८ हजार नौ सय ८० किलो चामल र एक लाख नौ हजार नौ सय ५५ किलो दाल बिक्री भएको जनाइएको छ ।
यस्तै ६८ हजार तीन सय ७० किलो चिउरा, १७ हजार चार सय किलो चिनी, चार सय ब्याग पिठो तथा ६३ हजार गोटा साबुन स्थानीय तहहरूले राहतका लागि साल्ट ट्रेडिङसँग खरिद गरेका छन् ।
यस्तै एक सय किलो चिया र पाँच सय ५० किलो मस्यौरा पनि स्थानीय तहहरुले राहतका लागि किनेका छन् । लकडाउन अवधिमा मोबाइल भ्यान तथा विभिन्न आउटलेटमार्फत खाद्यान्न बिक्री गरेको पनि कम्पनीले जनाएको छ ।
अब दुई हजार दुई सय ७२ मेट्रिकटन चिनी तथा एक लाख ३५ हजार नौ सय ११ मेट्रिकटन नुन केन्द्रीय भण्डारणमा बाँकी छ।
प्रतिक्रिया 4