+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

३०५ आइसोलेसन बेड थप्दै प्रदेश २ सरकार

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते २०:०१

६ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले थप ३०५ आइसोलेसन बेड तयार गर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढ्न सक्ने औंल्याउँदै सरकारले आइसोलेसन बेड थप्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय निर्देशन एवम् समन्वय समितिको मंगलबार बसेको बैठकले आइसोलेसन बेड थप्ने निर्णय गरेको सरकारका प्रबक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

सिरहा अस्पतालमा ५० बेड, सिरहा अस्पताल मातहतमा रहने गरी महेन्द्र गेनाइ अस्पतालमा ३० बेड, रौतहटको गौर अस्पतालको मातहतमा रहने गरी गौर नरसिंह इनस्टिच्युटमा ३० बेड, पोखरिया अस्पताल पर्सामा २५ बेड, सप्तरीको भारदह अस्पतालमा ५० बेड, सर्लाहीको मलंगवा अस्पतालको मातहतमा रहने गरि अन्त अल्पमाई रामनारायण यादव नर्सिंग कलेजमा २५ बेड, सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको मातहतमा रहने गरी साइकृष्ण मेडिकल हातामा ५० बेड र महोत्तरीको बर्दीवास अस्पतालमा ५० बेड थप गर्ने निर्णय गरेको उनले बताए ।

प्रदेश २ मा हाल ४४७ आइसोलेसन बेड छ । यीबाहेक ३ सय ५ बेड थप्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

मंगलबारको बैठकले आरटी-पीसीआर ल्याब स्थापना तथा संचालनका लागि आवश्यक सुझाव सल्लाह, प्राविधिक सहयोग र समन्वय तथा सहजीकरणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका पूर्वनिर्देशक डा. राजकुमार महतोलाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशमा जारी कोरोना परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित पक्षलाई निर्देशन दिने एवम् आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका संक्रमित एवम् शंकास्पदहरुको खाना तथा खाजाको प्रदेशस्तरमा एउटै मापदण्ड बनाएर उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?