+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

गोदावरीमा कालीमाटी र बल्खुबाट आउने तरकारी प्रतिबन्ध

मेयर भन्छन् – कोरोना फैलिन नदिँदा यो निर्णय गर्‍यौं

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ९ गते १४:५१

९ जेठ, ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले कालिमाटी, बानेश्वर र बल्खुबाट आउने तरकारी र फलफुल खरिद तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै नगरपालिकाले तरकारी र फलफुल किनबेचमा रोक लगाउने निर्णय गरेको हो । नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरको निर्णय विपरीतको कार्य गरेको पाइए कडा कारबाही गरिने पनि अनलाइनखबरलाई बताए ।

‘सर्वसाधारणले नियम पालना गरेको नगरेको बुझ्न पनि संयन्त्र परिचालन गरेका छौं’, उनले भने, ‘नियम नमानेको पाइए प्रहरीमा बुझाउँछौं ।’ विशेषतः तराइ क्षेत्रबाट आएका तरकारी घरसम्म ल्याउँदा कोरोनाको संक्रमण फैलिन सक्ने सम्भावना रहेको उनले बताए ।

विकल्पमा जिल्लाको दक्षिणी क्षेत्र भट्टेडाँडा, लेले, चन्दनपुर लगायतका क्षेत्रबाट आउने तरकारीलाई गाउँमा बिक्री गर्ने व्यवस्था मिलाइएको महर्जनले बताए । उनका अनुसार पहिले ती क्षेत्रका तरकारी लगनखेलमा बिक्रीका लागि लगिने गरेका थिए । अब गाउँमै बिक्री गर्ने गरी व्यवस्था मिलाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?