
नेपाली गायक उदितनारायण झासहित दुई सय ११ गायक–गायिकाले भारतको एउटा राष्ट्रिय गीतमा स्वर दिएका छन् । ‘जयतु जयतु भारतम्’ बोलको यो गीत हालै युट्युबमा अपलोड भएको हो ।
उदितले चार दिनअघि आफ्नो फेसबुक पेजमा यो गीत सेयर गरेका छन् । गीत सेयर गर्दै उनले लेखेका छन्, ‘जगाहुवा भारत हे ये ।’
आशा भोस्ले, सोनु निगम, शंकर महादेवनलगायत अधिकांश चर्चित गायक–गायिकाले स्वर दिएको यो गीत ६ मिनेट लामो छ । उदितलाई करिब ३ सेकेन्ड सुन्न सकिन्छ । यसमा शंकर महादेवनको संगीत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4