Comments Add Comment

शवदाह गृह आइतबार खुल्ने, किरियापुत्री भवनका ५ कोठा अझै खुलेनन्

१० जेठ, काठमाडौं । झण्डै एक सातादेखि बन्द रहेको पशुपति आर्यघाटको विद्युतीय शवदाह गृह आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमसँगै गत जेठ ४ गतेदेखि बन्द रहेको शवदाह गृह आइतबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

नेपालमा पहिलोपटक काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी कोरोना संक्रमितको गत शनिबार पशुपति क्षेत्रमा रहेको सो शवदाह गृहमा अन्त्येष्टि गरिएको थियो । त्यससँगै स्यानिटाइज गर्नको लागि भनेर शवदाहगृह बन्द गरिएको थियो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले आइतबारदेखि विद्युतीय शवदाहगृह सञ्चालनमा आउने जानकारी दिए ।

शवदाह गृहसँगै बन्द भएको पशुपतिको किरियापुत्री भवनका पाँचवटा कोठा सञ्चालनबारे भने निर्णय भइनसकेको खतिवडाले बताए ।

दिल्लीबाट आएका केही किरियापुत्रीहरू कोभिडको परीक्षण नगरी किरियापुत्री भवनमा आएर बसेकोले शंकास्पद पाँचवटा कोठा स्यानिटाइज गर्नको लागि बन्द गरिएको उनले बताए ।

खतिवडाले भने ‘अरू कारणले नभई तिनै शंकास्पद व्यक्ति बसेका कारणले हामीले ती कोठा बन्द गरेका हौं । अब स्यानिटाइज गरेपछि ती कोठासमेत सञ्चालनमा ल्याउँछौं ।

अहिले किरियापुत्री भवनमा कुल ३४ कोठाहरू रहेका छन् । जसमध्ये २९ वटा कोठामा अहिले किरियापुत्री रहेको र एउटा कोठा शनिबारदेखि खाली हुन लागेको कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment